खेलकुद

मेस्सीको पोल्टामा एकैपटक दुईवटा अवार्ड

एजेन्सी, बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीको पोल्टामा एकै चोटी दुईवटा अवार्ड परेका छन् ।

सोमबार बार्सिलोनमा भएको विशेष कार्यक्रममा मेस्सीलाई सन् २०१६–१७ को सिजनका लागि पिचिची अवार्ड र अलफ्रेडो डि स्टेफानो अवार्ड प्रदान गरिएको थियो । उनलाई दुबै अवार्ड स्पेनिस खेल पत्रिका मार्काले प्रदान गरेको हो ।

मार्काले हरेक वर्ष ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडीलाई पिचिची अवार्ड र उत्कृष्ट खेलाडीलाई अलफ्रेडो डि स्टेफानो अवार्ड प्रदान गर्दै आएको छ ।

मेस्सीले गएको सिजन लुइस स्वारेजलाइ टक्कर दिदै ला लिगामा ३४ खेलमा ३७ गोल गरेका थिए । उनले गरेको गोल स्वारेजको भन्दा दुई बढी हो ।