अन्तर्राष्ट्रिय

सनसनिपूर्ण खबरः डोनाल्ड ट्रम्पले राखे यी देशलाई खतराको सूचीमा

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्नो राष्ट्रिय सुरक्षासम्बन्धी रणनीति सार्वजनिक गरेका छन् । ट्रम्पले रुस र चीनलाई अमेरिकाका मुख्य प्रतिस्पर्धी र खतराका रुपमा चर्चा गरेका छन् ।

अमेरिकाविरुद्ध विभिन्न खतरा देखाउँदै ट्रम्पले आफ्नो ‘अमेरिका फर्स्ट’ नीतिलाई अगाडि सारेका छन् ।

सो रणनीतिक रिपोर्टमा रुस र चीन ‘अमेरिकी सुरक्षा र समृद्धिलाई समाप्त पार्ने प्रयासमा रहेको’ उल्लेख गरिएको छ । उत्तर कोरिया, इरान, आदिलाई ‘खतरा’ को रुपमा उभ्याइएको छ । यद्यपि ट्रम्पले आफ्नो सम्बोधनमा गत वर्षको निर्वाचनमा भएको भनिएको रुसी हस्तक्षेपको उल्लेख गरेनन् ।

आलोचकहरुले ट्रम्पको रणनीतिले शत्रुहरु खुसी हुने र समर्थकहरु भ्रममा पर्ने दाबी गरेका छन् । एजेन्सी