मनोरञ्जन

शत्रु गतेको ‘रुपै मोहनी’ मा तीन पुस्ताको छमछमी

काठमाण्डौं । मह सञ्चारको प्रस्तुति तथा प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्र ‘शत्रु गते’ को छायाँकन लगभग सकिएको छ । गएको आइतबार चलचित्रमा रहने ‘रुपै मोहनी’ बोलको गीतको छायाँकन भएको छ । यो गीतको छायाँकनसँगै चलचित्रको छायाँकन लगभग सकिएको निर्माण पक्षले जनाएको छ । अब एउटा गीतको छायाँकन मात्रै बाँकी रहेको छ ।

बौद्धमा रहेको समता हस्पिटलमा ‘रुपै मोहनी’ गीतको छयाँकनका लागि सेट बनाइएको थियो । यो गीतका लागि तीन दिन र झण्डै १५ लाख खर्च भएको छ । यस गीतमा चलचित्रका प्राय कलाकारलाई समेटिएको छ । लोकराज अधिकारीको शब्द र टंक बुढाथोकीको संगीत रहेको यस गीतमा आवाज मिना निरौला र टंक बुढाथोकीको छ ।

गीतमा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा, पल शाह, शिवहरि पौड्याल, बसुन्धरा भुषाल लगायतलाई फिचर गरिएको छ । यसमा कविराज गहतराजले कोरियोग्राफी रहेको छ । किरण केसीले १६ वर्षपछि निर्माण गरेको ‘शत्रु गते’ को वीरगंजमा १७ दिन र बाँकी काठमाडौंमा गरी ४० दिन लगाएर चलचित्र छायाँकन गरिएको छ ।

‘शत्रु गते’ मा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा, पल शाह, किरण केसी, राजाराम पौड्याल, बसुन्धरा भुषाल, शिवहरि पौड्याल लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्र आउँदो चैत ९ गतेदेखि प्रदर्शनमा आउनेछ ।