आर्थिक

एनआईसी एशियाले डिबेन्चर निष्काशन गर्न स्वीकृति पायो

काठमाण्डौ । एनआईसी एशिया बैंकलाई नेपाल धितोपत्रबोर्डले डिबेन्चर निष्काशन गर्न स्वीकृति दिएको छ । गत शुक्रबार तीन हजारका दरले ३० लाख कित्ताले हुन आउने तीन अर्ब बराबरको ‘एनआईसी एशिया डिबेन्चर २०८१-८२’ निष्काशन गर्न दिन स्वीकृति दिएको बंकले जनाएको छ । सो ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकि रहेको छ ।

तीन अर्बको ऋणपत्रको ८० प्रतिशत अर्थात २ अर्ब ४० करोड व्यक्तिगत रुपले २० प्रतिशत वा ६० करोड सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधिमाफर््त निष्काशन गरिनेछ । ९ प्रतिशतवार्षिक ब्याजदर हुने ऋणपत्रको अर्धवार्षिक रूपमा ब्याज झुक्तानी गरिनेछ । ऋणपत्रको अवधि ७ वर्ष हुनेछ । पुस ४ देखि पुस १२ गतेसम्म सूचनादिएर यहीं पुस १३ गतेबाट १७ गतेसम्म ऋणपत्रको बिक्री खुल्ला गरिने बैंकले जनाएको छ ।

सो ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले रेटिङ्ग प्रदान गरेको छ । जसको अर्थ लगानीको उच्चतम सुरक्षा र न्यूनकर्जा जोखिम हो । साथै, यस बंैकलाई इक्रा नेपाल लिमिटेडले रेटिङ्ग प्रदान गरेको छ । जुन नेपाली बैंकहरुलाई प्रदान गरीएको उत्कृष्ट रेटिङ्गहरु मध्ये एक हो ।
ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकरण गरिने छ । ऋणपत्र नेपालको विकासका लागि एक महत्वपूर्ण हुने बैंकले विश्वास लिएको छ । हाल नेपालमा दीर्घकालिन लगानीको लागि वित्तीय साधनहरु अत्यन्त कम मात्र उपलब्ध रहेको अवस्थामा दीर्घकालिन रुपमा उच्चतम प्रतिफल प्राप्त हुने, प्रतिफलको सुनिश्चीतता हुने एवं सुरक्षित लगानी हुने लगायतका दृष्टिकोणबाट दीर्घकालिन लगानीको लागि एक विरलै प्राप्त हुने एवं उत्कृष्ट अवसर भएकोले यसबाट फाइदा उठाउन बैंकले सबैमा अपील गरेको छ ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । यस बैंकले अधिराज्यभर १४९ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरहरु र ४ एक्स्टेन्सन काउण्टरहरुबाट ग्राहक मुखी एवं उच्च स्तरको सेवा प्रदान गर्दै आईरहेको छ । बैकंले ११७अर्ब निक्षेप संकलन गरी  ९८ अर्ब कर्जा प्रवाह गरी सकेको छ ।