अन्तर्राष्ट्रिय

अमेरिकामा भयानक रेल दुर्घटना, ३ जनाको मृत्यु, सयौं घाइते

एजेन्सी । अमेरिकामा मंगलबार बिहान भीषण रेल दुर्घटना भएको छ । सो दुर्घटनामा परेर ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने सयौं यात्रु घाइते भएका छन् ।

राजमार्गमाथिको लिगमा दौडिरहेको रेल एक्कासि राजमार्गमा खस्दा त्यति ठूलो दुर्घटना भएको हो । अमेरिकाको वासिंगटनस्थित राजमार्गमा भएको सो दुर्घटनालगत्तै घाइतेहरुको उद्धार गरिएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन जना भनिएपनि अझै बढ्न सक्ने अनुमान गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । यद्यपि, केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले भने दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ जना पुगेको बताएका छन् ।

दुर्घटनाको क्रममा रेलका ४ वटा डिब्बा एक्कासि राजमार्गमा खसेका थिए । ज्यान गुमाउनेहरु रेलमा यात्रारत यात्रु रहेको बताइएको छ । राजमार्गमा यात्रारत व्यक्तिलाई भने केही नभएको सञ्चारमाध्यामहरुले जनाएका छन् ।