पु.समाचार

गेष्ट हाउसँग हप्ता उठाउने प्रहरी निरीक्षकलाई उल्टै पर्यो यस्तो कडा मुद्धा

काठमाडौँ । गेष्ट हाउसँग पैसा असुल्दै गर्दा पक्राउ परेका नेपाल प्रहरीका प्रहरी निरीक्षक हरिहर सुनारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।

महानगरीय प्रहरी प्रभाग, गोंगबुका तत्कालिन प्रमुख प्रहरी निरीक्षक हरिहर सुनुवार र सो प्रभागका जवान वीरेन्द्र बमविरुद्ध मुद्दा दायर गरेको हो । तीन साताअघि अख्तियारले इन्सपेक्टर सुनुवारलाई ५० हजार घुससहित पक्राउ गरेको थियो । गोंगबु क्षेत्रका गेष्ट हाउसलाई रेट नै तोकेर उनले महिनावारी असुल्न थालेका थिए ।

पीडित बनेका होटल व्यवसायीहरुले इन्सपेक्टर सुनारलाई पैसा लिन बोलाएर अख्तियारलाई खबर गरी पक्राउ गराएका थिए । हट पोस्ट न्युजका अनुसार, जवान बलमे भने उक्त घुसकाण्डमा मतियारको रुपमा काम गरेको आयोगले जनाएको छ ।