पु.समाचार

बिदेशी मुद्राका कालो धन्दा गर्ने पाईलट सुगतरत्नले दिए सिंगापुर जाने अनुमति

काठमाण्डौ । सरकारले विदेशी मुद्रा अपचलन मुद्धामा धरौटीमा छुटेका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट क्याप्टेन सुवर्ण अवालेलाई तालिममा लागि सिंगापुर पठाउन अनुमति दिएको छ ।

फौजदारी अभियोग लागेका क्याप्टने अवालेलाई राजस्व अनुसन्धान विभाग संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डाययन प्राधिकरणले उडान लाईसेन्स अधावधिक गर्न सिंगापुर पठाउने अनुमति दिएका हुन् ।

ती चारवटै नियकाले मिलेमतो गरी क्याप्टेन अवालेलाई तालिममा पठाउने निर्णय गरेका छन्, सम्बद्ध स्रोतले सोमबार नागरिसंग भन्यो अवाले आगामी शुक्रबार राति साढे ११ बजे निगमै जहाजबाट सिंगापुर जाँदैछन् । नागरिकका अनुसार, उनले त्यहाँ एक साता बिताउनेछन् ।