सामाजिक सञ्जाल

पूर्वराजा ज्ञानेन्द्र सकिएको उदाहरण दिँदै चन्द्र भण्डारीले हाने केपी ओलीमाथि कडा झापड !

काठमाण्डौ । नेपाली कांग्रेसका युवा नेता चन्द्र भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी ओलीका पछिल्ला अभिव्यक्ति र गालीगलौच विरुद्ध कटाक्ष गर्दै कडा प्रतिक्रिया दिएका छन् । मंगलबार एकबिहानै आफ्नो फेसबुक अकाउन्टमा स्टाटस् लेख्दै नेता भण्डारीले एमाले अध्यक्ष ओलीलाई कांग्रेस नेताहरुविरुद्ध धेरै गाली–गलौच नगर्न र आफ्नो अघि नजिकै आएको पदको स्वागत गर्ने काममा धैर्यता देखाउन समेत आग्रह गरेका छन् ।

नेता भण्डारीले भारतीय राजनीतिका नेताहरुको उदारहरण समेत दिएर माथिल्लो नेतृत्व र तल्लो नेतृत्वको प्रभावका कारण कसरी पार्टी नेतृत्व र पार्टी कार्यकर्ताहरु सकिन्छन् भन्ने उदारहण समेत प्रस्तुत गरेका छन् । उनले भारतीय नेता योगी आदित्यनाथ मुख्यमन्त्री भैसकेपछि संसदमा दिएको पहिलो भाषण सुनेको स्मरण गर्दै उनले नेतृत्वको कमजोरीका कारण नेताहरु कसरी विछिप्त हुन पुग्छन् भन्ने उदाहरण समेत प्रस्तुत गरेका छन् ।

भण्डारीले भनेका छन्,‘मैले योगी आदित्यनाथ मुख्यमन्त्री भैसकेपछिको संसदको पहिलो भाषण सुनेको थिए । आदित्यनाथले भनेका थिए, आदरणीय राहुल गान्धी मभन्दा एक वर्ष जेठो हुनुहुन्छ, आदरणीय अखिलेश्वर म भन्दा एक वर्ष कान्छो हुनुहुन्छ । आज म जुन स्थानमा छु, उहाँहरुको कमजोरीका कारण रहेको छु ।’

योगी आदित्यनाथको यो प्रसंगबाट सुरु गर्दै नेता भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले चुनाव सम्पन्न गरेर सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेको र त्यसमा आफ्नै पार्टीका धुपौरेहरुले खेल्ने बानीका कारण त्यही कमजोरीमा टेकेर विपक्षी नेताहरुले गाली गलौजमार्फत आक्रमण गर्ने गरेको आरोप लगाएका छन् ।

नेता भण्डारीले एमाले अध्यक्ष ओलीलाई यसरी अनावश्यक हल्ला र गाली–गलौच गरेर आफुले आफ्नै बाटो नरोक्न समेत अनुरोध गरेका छन्। उनले पहिले–पहिले राजदरबारतिर हुने घटनाक्रमको समेत स्मरण गरेका छन् ।

उनले भनेका छन्,‘तुल्सी गिरी र कमल थापाहरुले सत्तामोह देखाएर राजा ज्ञानेन्द्रलाई सत्तामोहको जालमा नफसाएको भए राजा पाटीभन्दा बाहिर जाने थिएनन् । नेपालबाट बिदा पनि हुने थिएनन् । त्यसैले सम्यम र धैर्यताका साथ आउन थालेको पदको स्वागत गर्ने कि !’ नेता भण्डारीले ओलीलाई आफ्नै वरिपरिका धुपौरे नेताहरुले समेत घुमाइरहेको संकेत गरेका छन् ।