खेलकुद

अष्ट्रेलियाले हरायो इङ्ल्यान्डलाई

एजेन्सी । अष्ट्रेलियाको घरेलु मैदानमा जारी एसेस टेष्ट क्रिकेटको उपाधि अष्ट्रेलियाले नै जितेको छ । निर्धारित पाँच खेलको सिरिजको तेश्रो खेलमा पाहुना टोली इङ्ल्याण्डलाई ४१ रनले पराजित गर्दै अष्ट्रेलियाले जित हासिल गरेको हो ।

खेलको अन्तिम दिन ४ विकेटको क्षतिमा १ सय ३२ रनमा इनिङ् सुरु गरेका इङ्ल्याण्डतर्फ केही सुरुमै ५५ र ५४ रन बनाउन सफल भएका थिए । खेलाडीहरु जेम्स भिन्स र डबिड मलनले त्यो पहल लिएका थिए ।

इङ्ल्याण्डका अन्य खेलाडीहरुले भने उच्च स्कोर बनाउन नसक्दा हार बेहोर्नुपरेको थियो । सोही बीचमा अष्ट्रेलियाले भने पहिलो इनिङस्मा ९ विकेटको क्षतिमा ६ सय ६२ रनको विशाल स्कोर बनाएको थियो ।