पु.समाचार

डा.शेखर कोइरालाले विजय गच्छदारमाथि लगाए यस्तो कडा आरोप !

काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसको हारमा नेतृत्वका सबै नेताहरुले जिम्मेवारी लिनुपर्ने बताएका छन् । नेपालको एक सञ्चारमाध्यामसँगको अन्तरवार्ताका क्रममा नेता कोइरालाले सो कुरा बताएका हुन् ।

उनले भने, यो चुनावमा कांग्रेसले हार बेहोर्नुपर्यो, उम्मेद्वार छान्ने संसदीय समितिको सदस्यमा आफु पनि रहेको र त्यसको जिम्मेवारी मैले पनि लिनुपर्छ र अरु नेताहरुले पनि लिनुपर्छ ।

उनले पार्टी हार्नुमा चार कारण रहेको समेत बताएका छन् । डा.कोइरालाका अनुसार पहिलो वामगठबन्धनको प्रभाव, दोश्रो आफुहरुको गठबन्धन, तेश्रो सरकारमा कांग्रेस रहँदा भएका अनावश्यक क्रियाकलाप र चौथो, कांग्रेसले आफुले गरेका राम्रा कामका बारेमा जनतामा प्रचार गर्न नसक्नु रहेका छन् ।

नेता कोइरालाले आफु भने चुनावअघि देखिनै राम्रोसँग खटेपनि चुनाव हारेको बताए । यद्यपि,उनले आफुले हारेको महसुस नगरेको समेत बताए । उनले भनेका छन्, ‘खासमा मैले ६ सय ७५ मतले पछि परें तर यो क्षेत्रमा कांग्रेसका प्रदेश उम्मेद्वारहरुले भने २ हजार मतको अन्तरमा जिताउन सफल भएको छु ।’

उनले चुनाव हार्नमा फोरम लोकतान्त्रिकबाट कांग्रेस प्रवेश गरेका नेता विजय गच्छदार पनि दोषी रहेको खुलासा गरे । उनले भने, ‘फोरम लोकतान्त्रिकसँग एकताको औचित्य पनि प्रमाणित गर्न सकेनौ ।

विजय गच्छदार (कांग्रेससँग एक भएको लोकतान्त्रिक फोरमका अध्यक्ष) जे–जे गर्न सक्नुपथ्र्यो त्यो गर्न सक्नुभएन ।’ गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक केही महिना अघि मात्र नेपाली कांग्रेसमा समाहित भएको थियो ।