आर्थिक

स्वदेशी लगानीबाटै बन्नेभो बुढीगण्डकी जलविद्युत आयोजना

काठमाण्डौ । सरकारले जलासययुक्त बुढी गण्डकी आयोजना स्वदेशी लगानीबाटै निर्माण गर्ने भएको छ । एमाले,माओवादी लगायतका विपक्षी दलहरुले सो आयोजनालाई चिनियाँ कम्पनी गेजुवालाई दिने प्रतिबद्धता सार्वजनिक गरिरहेका बेला सरकारले भने सोमबार स्वदेशी लगानीको खाका सार्वजनिक गरेको हो ।

उक्त आयोजना निर्माण गर्न २ खर्ब ५९ अर्ब रकम लाग्ने देखिएको छ । उक्त लगानी अब स्वदेशी वित्तिय संस्थाहरुबाटै जुटाउन सरकार लागेको छ । यो आयोजना स्वदेशी लगानीबाटै निर्माण गर्ने तयारीस्वरुप सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेको संयोजकत्वमा गठन गरेको समितिले सोमबार उर्जामन्त्री कमल थापालाई प्रतिवेदनसहितको खाका बुझाएको छ ।

यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारले उक्त आयोजना चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय गरेको थियो । उक्त निर्णयलाई खारेज गरी वर्तमान सरकारले मंसिर ८ गते स्वदेशी लगानीमा आयोजना निर्माण गर्ने निर्णय गरेको थियो ।  स्वदेशी लगानीबाट निर्माण गर्ने भनिएपनि लगानीकर्ता वित्तिय संस्थाहरुको निक्र्योल भने भइसकेको छैन ।

यसअघि दोलखास्थित ४ सय ५६ मेघावाटको माथिल्लो तामाकोसी आयोजना पनि स्वदेशी लगानीमै निर्माण भएको थियो । तामाकोसीको काम भने सम्पन्न भैसकेको छ ।