पु.समाचार

अमेरिकी राष्ट्रपति ट्रम्पले दिए नेपालीहरुको मन दुखाउने अभिव्यक्ति !

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँ पुगेका नेपाली लगायतका हज्जारौ आप्रवासीहरुको मन दुखाउने अभिव्यक्ति दिएका छन् । राष्ट्रपति ट्रम्पले डिभी चिठ्ठामार्फत अमेरिका प्रवेश गर्ने विदेशी नागरिकहरु टोकरीमा फाल्न मात्र उपयुक्त हुने भन्दै उनीहरुको मन दुखाउने अभिव्यक्ति दिएका हुन् ।

राष्ट्रपति ट्रम्पले डिभी चिठ्ठामार्फत आफ्नो मुलुकमा भित्र्याउने प्रक्रियाको सुरुदेखि नै विरोध गर्दै आइरहेका छन् । उनले यसरी डिभी लट्रीमार्फत विदेशी नागरिक भित्र्याउँदा अमेरिका आफैमा असुरक्षित बन्दै गएको अभिव्यक्ति दिँदै आएका छन् ।

शुक्रबार अमेरिकामा आयोजित एफबिआई एकेडेमीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो देश भित्रिने तेश्रो विश्वका नागरिकहरुलाई फोहोरको संज्ञा दिँदै उनीहरु डस्बिनमा फाल्न मात्र उपयुक्त भएको बताए ।

केही समयअघि न्यूयोर्कमा भएको आतंककारी हमलामा डिभी चिठ्ठामार्फत अमेरिका पुगेका नागरिकहरुको हात रहेको प्रमाण त्यहाँ सुरक्षा संयन्त्रले फेला पारेपछि अमेरिकी सरकारले डिभीमार्फत अमेरिका प्रवेश गर्ने तेश्रो विश्वका नागरिकहरुमाथि शंका गर्न थालेको थियो ।
पछिल्लो सय ट्रम्प सरकारले समेत यो प्रक्रियामा कडाई गर्न थालेको छ ।