पु.समाचार

लालबाबुले फेरि यसरी जिते जनताको मन

विराटनगर । नेकपा एमालेका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का विजयी उम्मेदवार लालबाबु पण्डितले निर्वाचन आयोगले तोकेको भन्दा कम रकम खर्च गरेर अर्को रेकर्ड कायम राखेका छन् । उनले सोमबार निर्वाचन अधिकृतको कार्यालयमा सबैभन्दा कम रकम बुझाएका हुन् ।
उनले १३ लाख १६ हजार १ सय ७८ रुपैयाँ रकम बुझाएरका छन् । उनी सबैभन्दा कम खर्च विवरण बुझाउने उम्मेदवार हुन् ।

निर्वाचन आयोगले प्रतिनधिसभाका उम्मेदवारका लागि २५ लाख रुपैयाँसम्म खर्च गर्न भनेको छ ।

उनले बुझाएको निर्वाचन खर्च विवरण यस्तो छः

मतदाता नामावली खरीदमा १५ सय रुपैयाँ,

सवारी र घोडामा दुई लाख ४० हजार रुपैयाँ,

इन्धन र दानामा ९८ हजार पाँच सय ५० रुपैयाँ,

प्रचार सामग्रीमा दुई लाख ८० हजार छ सय १५ रुपैयाँ र

प्रचार सामग्री ढुवानीमा ३४ हजार चार सय ६० रुपैयाँ

गोष्ठी र कार्यकर्ता परिचालनमा २ लाख ८ हजार ६४ रुपैयाँ,

सञ्चारमाध्यमबाट प्रचारप्रसारमा एक लाख ८७ हजार रुपैयाँ,

कार्यालय सञ्चालनमा एक लाख २० हजार ४ सय ७५ रुपैयाँ,

प्रतिनिधि परिचालनमा ६२ हजार ५ सय १४ रुपैयाँ
विविध शीर्षकमा ८३ हजार रुपैयाँ खर्च आदि ।

उनी ३३ हजार ९ सय ४१ मत ल्याई विजयी भएका थिए ।