देश

सालकको खपटासहित एक जना पक्राउ

काठमाण्डौं । सालकको खपटासहित एक जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ चपली चोकबाट संरक्षित वन्यजन्तु सालकको खपटा ओसार पसार गरी खरिद बिक्री गर्न भनि बोकी ल्याएको अवस्थामा निम्न स्थान बस्ने निम्न मानिसलाई पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय, हात्तिसार काठमाण्डौमा बुझाईएको प्रहरलिे जनाएको छ ।

उनलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ ९१०, सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन,२०७३ को दफा २१ ९१० “क” बमोजिम कारबाही गपिरने प्रहरीले जनाएको छ ।

गैरकानूनी तरिकाले संरक्षित वन्यजन्तु सालक मार्ने, आखेटोपहार राख्ने, खरिद बिक्री गर्ने वा ओसार पोसार गर्ने व्यक्तिलाई पाँच लाखदेखि दश लाख रूपैयाँसम्म जरिवाना वा ५ बर्षदेखि १५ वर्ष सम्म कैद वा दुवै सजाय हुने कानूनी प्रवधान रहेको छ ।