समाचार

दोलखामा प्रहरी र म्यादी प्रहरीबीच हानाहान

दोलखा । दोलखामा प्रहरी र म्यादी प्रहरीबीच झडप भएको छ । झडपमा परी ५ जना म्यादी प्रहरी घाइते भएका छन् ।

म्यादी प्रहरीका अनुसार ८० रुपैयाँमा खाना खुवाउने सहमति भए पनि ९५ रुपैयाँ लिएको भन्दै म्यादी प्रहरीले आक्रोशित भएर प्रहरीविरुद्ध नाराबाजी गरेका थिए ।

७ सय ५५ जना म्यादी प्रहरीले आक्रोशित भएर नाराबाजी गर्न थालेपछि भीड नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेपछि झडप भएको हो । झडपपछि छलफलको तयारी भए पनि म्यादी प्रहरीले चर्को नाराबाजी गर्दै अहिले चरीकोट बजार परिक्रमा गरिरहेका छन् ।