समाचार

प्रधानमन्त्री देउवा र जापानी राजदूतबीच भेट

काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि जापानका राजदूत मासासी ओगावाले शिष्टाचार भेट गरेका छन्  प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच आपसी हितका बारेमा कुराकानी भएको थियो ।

राजदूत ओगावा एक महिना बिदामा स्वदेश जानुअघि प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिए ।