मुम्बई । भारत मुम्बईको एक पसलमा सोमबार बिहान आगलागी हुँदा १२ जनाको ज्यान गएको छ । मुम्बईको साकी–नाका क्षेत्रको खेरानी रोडमा रहेको पसलमा आगलागी भएको हो ।
बिहान साढे ४ बजे लागेको आगोका कारण पसल भित्रै सुतिरहेका १५ कामदार मध्ये १२ जनाको ज्यान गएको हो । विद्युत सर्ट भएर आगलागी भएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।
तीनजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागीका कारण पसलको एकभाग जलेर नष्ट भएको छ ।