खेलकुद

इपिएलको उद्घाटन खेलमा काठमाण्डौं किंग्सको खराब सुरुवात

काठमाण्डौं । एभरेष्ट प्रिमियर लिग(इपिएल)को उद्घाटन खेलमा काठमाण्डौं किंग्स एलेवेनले खराब सुरुवात गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रेको काठमाण्डौंले ८ ओभरको खेल सकिदा ३२ बनाउँदा ४ विकेट गुमाएको छ । काठमाण्डौंले सागर पुनलाई ४, नरेश बुढाऐर र राजु रिजाललाई शुन्य तथा कप्तान फरवेज महारुफलाई ७ रनमा गुमाएको छ ।

उसका अमित श्रेष्ठ र सागर कुमार क्रिजमा खेलिरहेका छन् । ललितपुर प्याट्रियोट्सका मेहबुब आलमले २ तथा सुबोधकुमार भाटी र ललित राजबंशीले समान १–१ विकेट लिएका छन् ।