राजनीति

यसकारण बोलायो माओवादीले अचानक बैठक

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुकको राजनीतिक अवस्था, सरकार गठन, निर्वाचनमा प्राप्त मतपरिणाम लगायतका विषयमा छलफल गर्न माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक बस्दैछ ।

आज ११ बजेदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा बैटक सुरु भएको छ । बैठकमा एमालेसँगको गठबन्धनबाट पार्टीलाई प्राप्त परिणाम, पार्टी एकता र पार्टीको अवस्थाका बारेमा छलफल हुने माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

बैठकमा जनमत आइसकेपछि नयाँ सरकार गठनबारे पनि छलफल हुने भुसालले बताइन् । यो बैठकले वाम गठबन्धनले पाएको जनमत र माओवादीलाई प्राप्त भएको परिणाम लगायतको समीक्षा गर्दै भावी रणनीति तय गर्ने बताइएको छ । आजको बैठकलाई अर्थपूर्ण रुपमा लिइएको छ ।