अन्तर्राष्ट्रिय

यसरी धर्मगुरु पोपको जन्मोत्सव भव्यताका साथ मनाईयो

एजेन्सी– क्रिश्चियन धर्मगुरु पोप फ्रन्सिसकोे ८१ औँ जन्मदिन क्रिश्चियन समुदायले आइतबार हर्सोल्लासका साथ मनाएका छन् । जन्मदिनको अवसरमा धर्मगुरु पोपले सन्देश जारी गर्दै विश्वभरका खास गरी बालबालिकालाई हर्षोल्लासका साथ उक्त उत्सवलाई मनाउन आग्रह गर्ने भएका छन् ।

सो अवसरमा रोमन क्याथोलिक चर्चका प्रमुख धर्मगुरु अर्जेन्टिनी पोपले सेन्ट पिटर्स वर्गमा उनलाई ‘ह्यापी वर्थडे’ भनी शुभकामना व्यक्त गर्न भेला भएको भीडलाई धन्यवाद ज्ञापन गरेका थिए ।

जन्मदिन मनाउन पिटर्स वर्गमा जम्मा भएको भीडबाट विश्व समुदायलाई सन्देश दिँदै पोपले भनेका छन्, “हामीले सोचे अनुसार विश्वभर गतिविधि त हुनसकेका छैनन् तरपनि सधैँ आनन्दी बनौँ ।”

धर्मगुरुको प्रार्थनामा भेला भएका क्रिश्चियनधर्माबलम्बीहरूलाई सम्बोधन गर्नुपूर्व आइतबार नै उनले बालबालिकालाई उनीहरूका अभिभावकले गर्ने कमजोरीका कारण चिन्तित हुनुपर्ने वाध्यताबाट टाढै राख्न आग्रह गरेका थिए ।

बालबालिकाले अभिभावकको झगडा वा अन्यसमस्या देखे भने उनीहरूलाई प्रभाव पर्छ । यस्ता गतिविधिबाट उनीहरूलाई दुःखी बनाउन नहुने र सधै शान्त तथा आनन्दी वातावरणमा हुर्किने अवसर सिर्जना गर्नुपर्ने बताए ।