प्रवास

एनआरएनए अमेरिकाले सुरु गर्यो टिपिएस नवीकरणको पहल

काठमाण्डौ । एनआरनए अमेरिकाले त्यहाँ बस्ने नेपालीहरुका लागि आवश्यक टिपिएस नवीकरणका लागि पहल सुरु गरेको छ । अमेरिकामा बस्ने नेपालीहरुको समुदायको नेतृत्व गर्दै एनआरएए अमेरिकाले सो पहल थालेको हो ।

केही दिनअघि मात्र एनआरएनएका प्रतिनिधिहरुले अमेरिकी सकारका उच्च अधिकारीहरुसँग भेटवार्ता समेत गरेका छन् । उनीहरुले अमेरिकी सरकारका होमल्याण्ड सेक्युरिटी र स्टेट डिपार्टमेन्ट कंग्रेस अफिसरहरुसँग अमेरिका बस्ने नेपालीहरुका चाहिने टिपिएस नवीकरणका बारेमा छलफल गरेका छन् । सो अभियानको नेतृत्व एनआरएनए अमेरिकाका अध्यक्ष डा.केशव पौडेलले गरेका छन् ।

डा.पौडेलको नेतृत्वको नेपाली टोलीले अमेरिकी कंग्रेसस्थित नेपाल ककसका प्रमुख जेरड पोलिस,नेपाल ककसका सदस्यद्धय श्याम ग्रेभ्स र सुजन डेल्बेने तथा न्युयोर्क कंग्रेसम्यान ग्रेस मेङ्गका प्रतिनिधिबीच भेट गरेर सो प्रयासको थालनी गरेका हुन् । उनीहरुले टिपिएस सुविधा नविकरणका लागि लिखित ज्ञापनपत्र समेत बुझाएका छन् ।

अध्यक्ष पौडेलले अमरिकी अधिकारीहरुसँग भेट निकै सकारात्मक र फलदायी भएकोले टिपिएस नविकरण हुनेमा आफुहरु ढुक्क भएको बताएका छन् ।