खेलकुद

स्टार मेसीले पेनाल्टीमा गोल गर्न चुकेपनि….!

एजेन्सी । स्पेनिस ला–लिगा अन्तर्गत आइतबार राती भएको खेलमा बार्सिलोनाले ला–कुरानालाई पराजित गरेको छ । बार्सिलोनाले कुरानालाई ४–० अंकले सहजै हराएको हो ।

खेलमा बार्सिलोनाका स्टार लियोनल मेसीले पेनाल्टीमा गोल गर्न चुकेपनि लुइस सुवारेज र पाउलिन्होले २–२ गोल गर्न सफल भएका थिए । उनीहरुकै गोलका आधारमा बार्सिलोनाले सहज जित हासिल गर्न सकेको हो । यो जितसँगै बार्सिलोनाले दोश्रो स्थानमा रहेको एथ्लेटिकोमाथि ६ अंकको अग्रता बढाएको छ ।

प्रतियोगितामा पहिलो स्थामान बार्सिलोना रहेको छ भने दोश्रो स्थानमा एथ्लेटिको र तेश्रो स्थानमा भ्यालेन्सिया रहेको छ । जसले क्रमसः ४२, ३६ र ३४ अंक जोड्न सफल भएका छन् ।