पु.समाचार

प्रधानमन्त्री देउवाको अडान कायमै, राष्ट्रपति भण्डारीलाई दिए यस्तो संकेत !

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले पहिले राष्ट्रियसभा अध्यादेश जारी भएपछि मात्र प्रधानमन्त्री पदबाट राजीनामा दिने बताएका छन् । केही दिनअघि राष्ट्रपति भण्डारीसँगको भेटका क्रममा अध्यादेश जारी भएलगत्तै पदबाट राजीनामा दिने बताएका प्रम देउवाले आइतबार पनि सोही कुरा दोहोर्याएका हुन् ।

प्रधानमन्त्री देउवासँग छलफलको क्रममा राष्ट्रपति विद्या भण्डारीले राष्ट्रियसभा अध्यादेको सवालमा दलहरुबीच सहमति खोज्न आग्रह गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीको आग्रहको जवाफ दिँदै प्रधानमन्त्री देउवाले राष्ट्रियसभा अध्यादेशको विवाद टुंगिनासाथ आफुले राजीनामा दिने,तर त्योभन्दा अघि राजनीनामा नदिने अडानको संकेत दिनुभएको श्रोतले बताएको छ ।

अध्यादेश जारी गर्ने सम्बन्धमा सरकार र दलहरुबीच विवाद देखिएको छ । नेपाली कांग्रेसले भने राष्ट्रपतिले तुरुन्तै अध्यादेश जारी गर्नुपर्ने माग राख्दै आएको छ । सरकारले एकल संक्रमणकालीन व्यवस्था अनुसार अध्यादेश जारी गर्ने अडान लिदै आएको छ भने अन्य दलहरुले त्यसको विरोध गर्दै आइरहेका छन् ।