पु.समाचार

नेपालमा चुनाव सम्पन्न भएलगत्तै भारतबाटै आयो अनौठो खबर !

काठमाण्डौ । गत मंसिर १० र २१ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको परिणाम आएलगत्तै भारत लगायतका केही छिमेकीहरु अतालिएको खबरहरु आइरहेका छन् ।

नेपालमा वाम गठबन्धनको जित देखेर अतालिएको भारतले प्रतिक्रिया दिँदा नदिँदै त्यहाँ केही बुद्धिजीवीहरुले भने वाम गठबन्धनलाई जिताउन भारतकै योगदान रहेको बताउन थालेका छन् ।

भारतीय बुद्धिजीवी एवम् प्रोफेसर एसडी मुनीले नेपालमा बाम गठबन्धनलाई जिताउन भारतको पनि योगदान रहेको खुलासा गरेका छन् । चर्चित पत्रिका ‘द वायर’ मा प्रकाशित लेखमा प्रोफेसर एसडी मुनिले सो कुराको खुलासा गरेका हुन् ।

मुनीले भारतको विरुद्धमै प्रतिक्रिया दिएका छन् । उनले भारतले अब बाम गठबन्धन फुटाउन खोजे त्यो दुस्साहस हुने समेत प्रस्ट पारेका छन् ।