पु.समाचार

चुनावलगत्तै कांग्रेसले सुरु गर्यो अन्तिम तयारी !

काठमाण्डौ । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको महासमिति बैठक बोलाउने तयारी गरेका छन् । गत मंसिर १० र २१ गतेको निर्वाचनमा पार्टीले हार ब्यहोरेलगत्तै सभापति देउवाले पार्टीको महासमिति बैठक बोलाउने तयारी गरेका हुन् ।

पार्टी हार पछि कांग्रेसभित्र नेतृत्व परिवर्तन, महासमिति बैठक र विशेष महाधिवेशनको माग उठिरहेको छ । श्रोतका अनुसार समानूपातिक मतको परिणाम आएलगत्तै कांग्रेस महासमिति बैठक बोलाउने तयारी भैरहेको छ ।

सभापति देउवा अहिले सोही परामर्शमा व्यस्त रहनुभएको श्रोतको दाबी छ । कांग्रेसमा केन्द्रीय कार्यसमिति सदस्यदेखि अधिकांश विभागहरुले अहिले पनि पूर्णता पाएका छैनन् ।

कांग्रेसले यो निर्वाचनमा प्रतिनिसभाका १ सय ६५ सिटमध्ये २३ सिट मात्र प्राप्त गर्न सफल भएको छ । पार्टी पराजय हुनुमा नेतृत्वको कमजोरी भएको बहसहरु पार्टीभित्र उठ्न थालेका छन् ।