पु.समाचार

राप्रपा राष्ट्रिय पार्टी समेत बन्न नसकेपछि कमल थापाले दिए यस्तो प्रतिक्रिया !

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भर्खर सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको अकल्पनीय नतिजाले पार्टीभित्र आमूल परिवर्तन गर्न आवश्यक रहेको प्रतिक्रिया दिएका छन् ।

झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित पार्टीका महामन्त्री राजेन्द्र लिंग्देनलाई बधाई दिन आयोजित कार्यक्रममा अध्यक्ष थापाले सो प्रतिक्रिया दिएका हुन् ।

अध्यक्ष थापाले राप्रपाभित्र अब आमूल सुधारको आवश्यकता रहेको बताए । उनले आफ्नै नेतृत्वमा पार्टीलाई नयाँ ढंगले अघि बढाउने कुरामा समेत जोड दिए ।

अध्यक्ष थापाले पार्टीले चुनाव हार्नुका कारणबारे गम्भीर छलफल गर्ने तयारी भैरहेको समेत खुलासा गरे । राष्ट्रिय पार्टीबाट बञ्चित भएको राप्रपाले चुनावमा एक सिट मात्र जितेको छ ।