पु.समाचार

उपत्यका लगायत देशका विभिन्न स्थानमा ह्वात्तै बढ्यो चिसो

काठमाण्डौ । काठमाण्डौ उपत्यका लगायत देशका विभिन्न क्षेत्रको तापक्रम पछिल्ला दिन ह्वात्तै घटेको छ । काठमाण्डौ उपत्यकामा अहिले २ दशमलव ८ डिग्री सेल्सियसमा तापक्रम रहेको छ ।

त्यो अझै घट्ने क्रम जारी रहने मौसम विज्ञान विभागले जनाएको छ ।  केही दिनयता फेरबदल भएको मौसमकै कारण अहिले काठमाण्डौ उपत्यका लगायतका देशका विभिन्न स्थानमा ह्वात्तै चिसो बढेको छ ।

उपत्यका लागायत पहाड र तराईका विभिन्न स्थानमा समेत चिसो बढेको मौसम विभागले जनाएको छ ।