खेलकुद

संगम कप फुटबल प्रतियोगिता शुरु

पोखरा– संगम क्लब पोखराद्वारा आयोजित छैटौँ संस्करणको संगम कप फुटबल प्रतियोगिता शनिबारदेखि पोखरा रंगशालामा शुरु भएको छ । विभागीय एक टोली सशस्त्र प्रहरी बलको एपिएफसहित २३ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता टिमले रु एक लाख २५ हजार, उपविजेताले रु ६५ हजार नगदसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ का वडाअध्यक्ष दर्शन लामाले उद्घाटन गर्दै युवालाई शारीरिक र मानसिकरुपमा स्वस्थ राख्न खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताए ।

पुस ७ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको उद्घाटन खेलमा हेम्जा युनाइटेड क्लबले काजीपोखरी एफसीलाई ४–१ ले पराजित ग¥यो भने दोस्रो खेलमा आरटी सेन्टरले प्वाइन्ट स्र्कलको टोलीलाई २ शून्यले पराजित गरेको थियो ।