आर्थिक

मुक्तिनाथ विकास बैंकले ल्यायो ग्राहकहरुका लागि नयाँ योजना

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुका लागि नयाँ योजना अघि ल्याउने भएको छ । बैंकको ११ औं स्थापना दिवसको अवसरमा उसले आफ्ना निक्षेपकर्ताहरुका लागि सुपरप्रिमियम बचत तथा ट्रिपल टु ट्रिपल धमाका नामक नयाँ योजना ल्याउन लागेको हो ।

सो योजना अन्तर्गत आफ्ना निक्षेपकर्ताहरुका लागि मुद्धती निक्षेप खाता सञ्चालनमा ल्याउने र न्युनतम रु ५ हजार मा सुप्रिमियम बचत खाता खोल्ने ग्राहकहरुलाई वार्षिक ८ प्रतिशतका दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने जनाइएको छ ।

त्यस्तै सोही योजना अन्तर्गत २ सय २२ दिने मुद्धती खातामा न्यूनतम रु १० हजार मा वार्षिक ११.०० प्रतिशतले त्रैमासिक रुपमा ब्याज प्रादन गर्ने समेत बताइएको छ ।

सो सोही योजना अन्तर्गत ग्राहकले ५ ग्रामको चाँदीको सिक्का, निःशुल्क भिसा डेबिट कार्ड, निःशुल्क मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा समेत पाउने बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बैंकका ७२ वटै शाखामा सञ्चालन गरिएको यो योजना पौष २ गतेदेखि सुरु भई सिमित अवधिका लागि मात्र लागू हुने जनाइएको छ ।