खेलकुद

एसियन कप च्याम्पिनयन तीन खेलाडी सम्मानित

काठमाडौं । प्रथम इसिन कान क्योकुसिन कराते एसियन कप– २०१७ काता च्याम्पियनसिपमा पदक जित्न सफल तीन खेलाडी शनिबार नगदसहित सम्मानित भएका छन् । भारतको कोलकातामा भएको प्रतियोगितामा उनीहरु सम्मानित भएका हुन् ।

सो प्रतियोगितामा नेपाललाई १ स्वर्ण र २ कांस्य पदक प्राप्त भएको थियो । पदक दिलाएका आफ्ना खेलाडीलाई इन्टरनेसनल फेडेरेसन अफ क्योकुसिन काइकान कराते नेपाल संघ (आईएफकेके) ले उनीहरुलाई नगदसहित सम्मान गरेको हो ।

नोभेम्बर १८ तारिखमा भएको उक्त प्रतियोगिताको एकल कातामा ज्ञानबहादुर तामाङले नेपाललाई स्वर्ण दिलाएका थिए । उनलाई संघका अध्यक्ष श्याम थापाले पूर्व घोषणा गरेबमोजिम व्यक्तिगत २५ हजार नगद पुरस्कार प्रदान गरे ।

त्यस्तै, एकल कातामै डिककुमार प्रधान र मिक्स कातामा एलेन्स पौडेलले कांस्य जितेका थिए । उनीहरुलाई संघका पदाधिकारीहरु मिलेर समान ५–५ हजार नगद पुरस्कार दिए ।

संघका अध्यक्ष थापा तथा उपाध्यक्षद्वय दामोदर नेपाल र घनश्याम श्रेष्ठले खेलाडीलाई सम्मान पत्र र नगद प्रदान गरी सम्मान गरे । टोलीका प्रशिक्षक एवं नेपालका लागि ब्रान्च चिफ प्रेमबहादुर तामाङ पनि सोही अवसरमा सम्मान पत्रबाट सम्मानित भए ।