पु.समाचार

कुन दलले कति मत प्राप्त गरे ? यस्तो छ समानूपातिकतर्फको पछिल्लो मतपरिणाम

काठमाडौं । गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ७५ जिल्लाको मतगणना कार्य सकिएको छ । अहिले दुई जिल्लामा मतगणना कार्य जारी रहेको छ । अहिले सुनसरीको क्षेत्र नं.३ तथा सर्लाहीको क्षेत्र नं. २, ३ र ४ मा मतगणना जारी रहेको छ ।

आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरणअनुसार, हालसम्म ९३ लाख ७२ हजार ५ सय ४४ मतगणना सम्पन्न भएको छ ।

प्राप्त मत परिणामअनुसार नेकपा एमालेले ३१ लाख ३३ हजार २ सय ०३ मत, नेपाली कांग्रेसले ३० लाख ७१ हजार ५ सय १२, नेकपा (माओवादी केन्द्र)ले १२ लाख ७४ हजार ८ सय ८४, संघीय समाजवादी फोरम, नेपालले ४ लाख ६० हजार ८४, राष्ट्रिय जनता पार्टी, नेपालले ४ लाख ४८ हजार ६ सय ११, विवेकशील साझा पार्टीले २ लाख ११ हजार ५ सय ३४, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९३ हजार ९ सय ८३, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले ८७ हजार ६ सय ०७ मत प्राप्त गरेको छ ।

त्यस्तै, नयाँ शक्ति पार्टी, नेपालले ८० हजार ७ सय ४४, राष्ट्रिय जनमोर्चा ६२ हजार ४७ र अन्य दलले ३ लाख ४८ हजार ३ सय ३५ मत प्राप्त गरेका छन् ।