पु.समाचार

समानुपातिकको परिणाम पश्चात यसरी बन्दैछ केन्द्र र ७ प्रदेशमा सरकार !

काठमाडौँ । गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ ७५ जिल्लाको मतगणना सकिए लगत्तै केन्द्र र प्रदेशमा सरकार निर्बाणका लागी बाटो खुलेको छ ।

आयोगले आज एक विज्ञप्ति जारी गरीे समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत अब दुई जिल्ला सुनसरी र सर्लाहीका केही निर्वाचन क्षेत्रमा गणना जारी रहेको जनाएको हो ।

आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाका अनुसार हालसम्म ९३ लाख ७२ हजार ५४४ मतगणना सम्पन्न भएको छ । प्राप्त पछिल्लो मत परिणामअनुसार नेकपा (एमाले) ३१ लाख ६१ हजार २९५ मत ल्याएर पहिलो स्थानमा छ । नेपाली काँग्रेस ३१ लाख ११ हजार ६४३ मतसहित दोस्रो र नेकपा (माओवादी केन्द्र) १२ लाख ९५ हजार ९०३ मत ल्याएर तेस्रो स्थानमा छ ।

त्यसैगरी, राष्ट्रिय जनता पार्टीले चार लाख ७० हजार ४८६, संघीय समाजवादी फोरम नेपालले चार लाख ६९ हजार ४६१ र विवेकशील साझा पार्टीले दुई लाख १२ हजार २९३ मत प्राप्त गरेका छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९६ हजार १९०, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ८८ हजार २८०, नयाँ शक्ति पार्टी नेपाल ८१ हजार ४४६ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १२३ मत प्राप्त गरेका छन् ।

नेपाल मजदुर किसान पार्टी, नेपाल संघीय समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलगायत दलहरुले ३ लाख ५४ हजार ४०५ मत पाएका आयोगले जनाएको छ । प्रदेश र केन्द्रमा कुल साँसद सदस्य बहुमतको सरकार निर्माण हुने छ । यस्तो छ केन्द्र र प्रदेशमा पार्टीहरुको साँसद संख्या

आयोगका अनुसार
प्रतिनिधि सभामाः
११० समानुपातिक सांसदमा
एमालेः ४१ (८०)
कांग्रेसः ४०(२३)
माओवादीः १७ (३६)
संघीय समाजवादी फोरमः ६(१०)
राजपा नेपालः ६ (११)

प्रदेशसभा
प्रदेशसभामा समानुपातिकतर्फ सिट कायम गर्न कुल सदर मतको १ दशमलव ५ प्रतिशत मत कटाउनुपर्छ ।
प्रदेश नम्बर-१
एक नम्बर प्रदेशमा बन्ने ९३ सदस्यीय प्रदेशसभामा ३७ जना सांसद समानुपातिकबाट छानिदै छन् । दलहरुले प्राप्त गरेको मतअनुसार ३७ सिटमध्ये एक नम्बर प्रदेशमा
एमालेले -१५
कांग्रेसले -१३
माओवादी -६
संघीय समाजबादी फोरम- २ र
राप्रपा- १ सिट पाउने छ ।

प्रदेश नम्बर २
प्रदेश नम्बर २ मा १ सय ७ सदस्यीय प्रदेशसभामा प्रत्यक्षबाट ६४ र बाँकी ४३ प्रतिशत समानुपातिकबाट छानिदैछन् । समानुपातिकतर्फको ४३ सिटमा दुई नम्बर प्रदेशमा पहिलो दल कांग्रेस, दोस्रो राजपा र तेश्रो संघीय समाजवादी भएका छन् ।
कांग्रेसले ११
राजपा र फोरमले ९–९ सिट पाउने छन् ।
एमाले- ८ र
माओवादी- ५ जना र
नेपाल संघीय समाजवादी पार्टी- १सिट पाउनेछ ।

प्रदेश नम्बर ३
प्रदेश नम्बर तीनमा एक सय १० सदस्यीय प्रदेशसभा गठन हुनेछ । जसमध्ये ६६ जना प्रत्यक्षबाट निर्वाचित भइसकेका छन् भने ४४ जना समानुपातिक चुनिनेछन् ।
एमाले- १७
कांग्रेस- १४
माओवादी- ८
विवेकशील साझा पार्टी ३ र
राप्रपा र नेपाल मजदुर किसान पार्टी १-१ सिट पाउछन्

प्रदेश नम्बर ४
प्रदेश नम्बर चारको समानुपातिकतर्फ पनि एमाले पहिलो दल बनेको छ । प्रत्यक्षबाट ३६ र समानुपातिकबाट २४ सहित यो प्रदेशमा ६० सदस्यीय प्रदेशसभा गठन हुँदैछ ।
एमाले-१०
कांग्रेस- ९
माओवादी-३
तथा नयाँ शक्ति र राष्ट्रिय जनमोर्चा १–१ सिट पाउने छन्

प्रदेश नम्बर ५
५ नम्बर प्रदेशमा ८७ सदस्यीय प्रदेशसभा बन्दैछ । जहाँ ५२ जना प्रत्यक्षबाट निर्वाचित भएका छन् भने समानुपातिकबाट ३५ सांसद आउनेछन् । यो प्रदेशमा एमाले र कांग्रेसले झण्डै बराबर जस्तै मत पाएका छन् ।
एमाले- १३
नेपाली कांग्रेस- १२
माओवादी केन्द्र- ६
संघीय समाजबादी फोरम- २ र
राष्ट्रिय जनता पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा १–१ जना सांसद पाउनेछन् ।

प्रदेश नम्बर ६
६ नम्बर प्रदेशमा सबैभन्दा सानो अर्थात ४० सदस्यीय प्रदेशसभा बन्नेछ । यो प्रदेशमा प्रत्यक्षबाट २४ सांसद चुनिइसकेकाले समानुपातिकबाट १६ जना सांसद चुनिनेछन् । यो प्रदेशमा पनि समानुपातिकतर्फ एमाले पहिलो र कांग्रेसले दोस्रो धेरै मत पाएका छन् ।
एमाले र कांग्रेसले समान ६–६
माओवादीले ४ सिट

प्रदेश नम्बर ७
सात नम्बर प्रदेशमा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो दल बनेको छ । यो प्रदेशमा समानुपातिकबाट
कांग्रेस- ८
एमाले- ७
माओवादी- ४ र
राजपा र राप्रपा १–१सिट पाउनेछन् ।

प्रत्यक्षतर्फ ३२ समानुपातिकबाट २१ गरी सात नम्बर प्रदेशमा ५३ सदस्यीय प्रदेशसभा बन्नेछ ।