आर्थिक

सिटिजन्स बैंकको नयाँ मुद्दती योजना

काठमाण्डौ । सिटिजन्स बैंकले आफ्ना ग्राहकवर्गहरुलाई लक्षित गरि विभिन्न सेवा सुविधाहरु बृद्धिगर्दै जाने क्रममा नयाँ मुद्दती बचत खाताको योजना “स्ट्रक्चर्ड फिक्स डिपोजिट” सञ्चालनमा ल्याएको छ ।
व्यक्तिगत मुद्दतीखाताको लागि सञ्चालनमा ल्याएको यो योजनामा न्यूनतम मौज्दात रु १ लाख रहेको छ । ८ महिना देखि १८ महिना सम्मको समयावधि रहेको यस योजनामा९.५ प्रतिशत बार्षिक ब्याजदर रहेको छ भने बैंकले त्रैमासिकरुपमा ब्याज उपलब्ध गराउने छ । साथै यस योजना बाट सम्पूर्ण ग्राहकहरु लाभांवितहुन हुनेछ भन्ने विश्वास समेत बैंकले लिएको छ ।

आगामी दिनहरुमा पनि बैंकले यस किसिमका अन्य सुबिधाहरु आफ्ना ग्राहकवर्गलाई उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त बैंकले गरेको छ । १४अञ्चलमा रहेको बैंकका ६७ वटा शाखाबाट यो सुविधा उपलब्ध हुने छ ।