राजनीति

एमाले बाहेकका दलहरु मिलेर यसरी हुंदैछ नया सरकार गठन, ओली जिल्ल !

काठमाण्डौ । मुलुकको पछिल्लो राजनीतिक परिवेश एमाले अध्यक्ष ओली प्रधानमन्त्री नहुने हुन कि भन्ने आशंका तिर मोडिएको छ । नेकपा एमाले र माओबादी केन्द्रबीचको तालमेलबाट मंसिर १० र २१ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचनमा नेकपा एमालेलाई सबैभन्दा ठूलो र माओबादी केन्द्रलाई दोस्रो ठूलो दल बनाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार नबन्ने हो कि भन्ने आशंका देखिएको छ ।

प्रतिनिधि सभा निर्बाचन प्रत्यक्षतर्फको मत परिणामको शुरुवातीमा एमालेले काँग्रेसलाई धेरै नै बढार्दै लगेको भएपनि एमालेको एकलौटी बहुमत नआएको र उक्त एमालेको बहुम नआएपछि समानुपातिकमा काँग्रेसको एमालेको हाराहारीमा मत आएपछि एमाले इतरका दरहरु मिलेर माओबादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउने नयाँ कार्ड काँग्रेसले फालेको छ । एमाले र माओबादी केन्द्र पार्टी नै एकीकरण गर्ने भनेर चुनाबी तालमेल भएपनि एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेपछि माओबादी केन्द्रले राष्ट्रपति दाबी गर्ने तर माओबादी केन्द्रबाट बनेको राष्ट्रपतिलाई भारत लगायतका दलहरुले समर्थन गर्न नसक्ने बिश्लेशण रााजनीतिक बृतमा गर्न थालिएको छ ।

माओबादी केन्द्रले प्रधानमन्त्री पाएपनि काँग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिमा सिफारिस गर्ने त्यसपछि चौथो र पाचौँ दलकोरुपमा स्थापीत हुंदै गएका उपेन्द्र यादबको संघीय समाजबादी फोरम र महन्थ ठाकुरको राजपालाई एकलाई उपराष्ट्रपति र सभामुख भार लगाएर सत्ता गठबन्धन गर्ने भन्ने आन्तरिक छलफल भईरहेको नेपाली काँग्रेसका एक प्रभाबशाली केन्द्रीय सदस्यले सुर्यखबरलाई बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओली आफू नै पार्टी अध्यक्ष हुने र आफू नै प्रधानमन्त्री हुने कुराबाट पछिल्लो समयमा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल रुष्ट रहेको दाहालको सचिवालय स्रोतको दाबी छ । त्यति भएपछि हुन लागेको कम्न्युष्ट एकतालाई तोड्ने पक्षमा माओबादी केन्द्रका अध्यक्ष दाहाल नभएपनि एमालेले दम्भ गरेमा काँग्रेससंग पनि नजिक हुन सक्ने बाटो भनेखुल्ला रहेको राजनीतिक बिकास क्रमले देखाएको छ ।

माओबादी केन्द्रले प्रधानमन्त्री पनि नपाउने र राष्ट्पति पनि बन्ने वातावरण नबनेमा बाम एकता भाँडिने नि काँग्रेस नेताको जिकिर छ । उनका अनुसार प्रत्यक्षमा ३६ सीट प्राप्त गरेको माओबादी केन्द्र कि आफ्नो अस्तित्व गुमाएर एमालेमा मिल्नु पर्यो, कि काँग्रेससंग मिलेर सत्ता समिकरणमा जानु पर्यो ।

ती नेताका अनुसार काँग्रेस ०७० सालको निर्बाचनमा ठूलो पार्टी भएपनि सत्ता बाहिर बस्नुपरेको उदाहरण ताजा भएको भन्दै एमाले इतरका दलहरु मिलेर सरकार बनेमा असामान्य मान्न नहुने दाबी गरेका छन् । उता काँग्रेस केन्द्रीय सदस्य धनराज गुरुगं भने काँग्रेसलाई जनताले सत्ताबाहिर बस्ने म्याण्डेट दिएको हुंदा उसले ईमान्दार भएर सत्ता बाहिर नै बस्नुपर्ने बताउछन् । उनी भन्छन् काँग्रेसले अहिले सत्राको लोभ गर्ने बेला होईन सरकारलाई काम हेरेर रचनात्मक सहयोग गर्ने बेला हो ।

एक एमाले नेताका अनुसार केपी ओली प्रधानमन्त्रीमा सपथ खान हतार गरिरहेको देखिएपनि माधब नेपालले राजा ज्ञानेन्द्रको शाशनमा प्रधानमन्त्रीमासपथ खान दोउरा शुरुवाल सिलाउन ठीक्क परेर पछ हिस्स परेजस्तो भए सामान्य मान्नुपर्ने दाबी गर्छन् । उनी भन्छन् एमालेको बहुमत भए सहज हुन्थ्यो तर माओबादी केन्द्रसंग एकताको कुरा नटुंग्याई यसै भन्न सकिने अवश्था नआउने उनले बताए । माओबादी केन्द्रसंगको एकता अध्यक्ष ओली र पुष्पकमल दाहालले मात्र चाहेर हुदैन, अन्य सबै बरिष्ठ नेताहरुलाई पनि मिलाउनु पर्छ, भनेजस्तो सजिलो छैन ।

अर्को शेरबहादर देवासंग ज्यादै निकट्तम सम्बन्ध भएका माओबादी केन्द्रका अध्यक्ष दहालले काँग्रेसलाई नै प्रधानमन्त्रीमा समर्थन गर्दैनन् भन्न सकिने अवस्था पनि नरहने आंकलन गर्न सकिन्छ, सम्भाबनाका राजनीतिकढोकाहरु सबै खुल्ला रहेका छन् । यसमा बाहिर जस्तो राजनीतक प्रतिकृया दिएपपनि एमाले अध्यक्ष ओली चिन्तित रहेको बालकोट स्रोतको दाबी छ ।

काँग्रेस र एमालेको सहमतीमा बाँडफाँड भएर सरकार बन्ने सम्भाबनामा एकथरी नेताहरु आन्तरिक रुपमा सकृय रहेको बताईन्छ ।