विशेष

सर्बोच्चको फैसला पश्चात गुम्ने भयो सिलवालको साँसद पद, अब सिलवाल बन्ने भए भित्ते गृहमन्त्री

काठमाण्डौ । नेपाली काँग्रेसका युवा नेता उदय शम्सेरलाई पराजित गरेर नेकपा एमालेबाट विजय भएका नबनिर्बाचित साँसद नवराज सिलवाल निलम्बित हुने भएका छन् ।
बिहीबार सबौच्च अदालतका प्रध्यान न्यायधीश सहित ७ जनाको संयुक्त ईजलासले आईजीपी हुन पेश गरेको कागजातहरु किर्ते गरेको प्रमाणीत भएपछि उनी निलम्बन हुने भएका हुन् ।
बढुवाका लागी पठाएको मूल्याँकन नम्बर किर्ते गरि पठाएको प्रमाणीत भएपछि सिलावललाई सर्बोच्च अदालतको कारबाहीका लागी सिफारिस गरेको छ । सर्बोच्च अदालतले नै कारबाहीका लागी सिफारिस गरेपछि सिलवाललाई संसदको जितको खुसीयाली मनाउन नपाउदै उनी निलम्बनमा पर्ने राजनीतिक बिश्लेशकको दाब्ी छ ।
प्रहरी नायव महानिरीक्षक नवराज सिलवालले सर्वोच्च अदालतमा बढुवाका सन्दर्भमा पेस गरेको कार्य सम्पादन मुल्याङ्कन फारममा अंक फरक पारेको विषयमा अनुसन्धान गरी त्यस्तो फरक कार्य सम्पादन मुल्याङ्कन र पेस गर्ने विरुद्ध कारवाही चलाउन नेपाल सरकारका नाममा आदेश दिएको हो।
आदेश दिने न्यायधीशहरुमा, ओम प्रकाश मिश्र, केदार प्रसाद चालिसे, शारदा प्रसाद घिमिरे, मिरा खड्का, प्रकाश मानसिंह राउत, र पुरुषोत्तम भण्डारी उक्त पूर्ण इजलाशमा सहभागी थिए।

‘यी निवेदकले निवेदन साथ प्रस्तुत गरेको कासमु फारमको अंक र लोक सेवा आयोगलगायतका निकायबाट प्राप्त कासमू अंक भिन्न देखिएकाले अख्तियार प्राप्त अधिकारीले कानुन बमोजिम मुल्यांकन गरी गोप्य रुपमा राख्नुपर्ने कासमु फारम र निवेदकले पेस गरेको कासमु फारमको अंक फरक पार्ने कार्यमा को कस्को संलग्नता छ भन्ने सम्बन्धमा अनुसन्धान गरी दोषी देखिएका उपर कारवाही चलाउन सम्बन्धित निकायमा लेखि पठाउनु’, पूर्णपाठमा भनिएको छ।
यसैगरी अदालतले अधिवक्ता कपिलदेव ढकालले नवराज सिलवालको बढुवाका लागि सार्वजनिक सरोकारको सिद्धान्तको विरुद्ध रिट दायर गरेको ठहर गर्दै उनलाई समेत कारवाही गर्न नेपाल बार काउन्सिलमा लाई समेत लेखि पठाउन आदेश गरेको छ।
अब बाम गठबन्धनले उनलाई दिएको सर्बोच्चको आदेश बिरुद्ध केही नया निर्णय गर्ने अनुमान लगाईएको छ । सिलवाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्ती बनाउछु भनेर सार्बजनिक रुपमा बताएका भएपनि उनी कारबाही परेपछि सिलवालको गृहमन्त्री पदसमेत तुहीएको छ ।