अन्तर्राष्ट्रिय

पूर्वी जेरुसेलमलाई राजधानी बनाउन आह्वान

एजेन्सी ।  विश्वका मुसलमान देशका नेताहरुको एक भेलाले इजरेलको अधीनमा रहेको पूर्वी जेरुसलेमलाई प्यालेस्टाइनको राजधानीका रुपमा मान्यता दिन आह्वान गरेको छ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा मान्यता दिने निर्णयले निम्ताएको आक्रोशबीच टर्कीको इस्तान्बुलमा ५० भन्दा बढी इस्लामिक देशहरुको आपत्कालिन भेला बोलाइएको थियो।

सो भेलापछि जारी वक्तव्यमा राष्ट्रपति ट्रम्पले जानाजान मध्यपूर्वमा शान्ति प्रयासहरुलाई कम आँकेको आरोप लगाउनुका साथै उनको कदमले आतंकवादलाई बढावा दिने बताइएको छ।