राजनीति

यी हुन् निर्वाचनमा डबल ह्याट्रिक गर्ने दुई नेता

काठमाण्डौ । अवश्य पनि निर्वाचनमा उम्मेदवार भएपछि जित्ने दावी धेरैले गर्छन् त्यहिअनुसारको दौडधुप पनि गर्छन् तर, सफलता कोही एकले मात्र पाउँछ । लोकतन्त्रको यथार्थ यही हो ।

पटक पटकको चुनावी दौडमा निरन्तरको सफलता भने विरलैले मात्र पाउँछन् । निर्वाचनमा डबल ह्याट्रिक गर्ने दुर्लभ अवसर यसपटकको निर्वाचनमा काग्रेस सभापति शेर बहादुर देउवा र सोही दलका नेता विजय गच्छदारलाई मात्र प्राप्त भएको छ ।

बिहीबारको नेपालसमाचार पत्रमा लेखिएको छ, २०४८ यताका हरेक निर्वाचनमा निरन्तर सफलता पाउनेहरुमा उनीहरु मात्र छन् ।