पर्यटन/संस्कृति

वतानिया एयरवेज्द्वारा कुवेतकालागि हवाईसेवा सुरुवात

काठमाण्डौ । कुवेतको निजी स्वामित्वमा रहेको वतानिया एयरवेज्ले डिसेम्बर १३ देखि त्रिभूवन अन्तराष्ट्रिय विमान स्थलमाआफ्नो सेवा सञ्चालनमा ल्याउने भएको छ । सेवा सञ्चालन संगै वतानिया एयरवेज् कुवेतदेखि नेपाल सम्म सिधा उडान सञ्चालन गर्ने पहिलो कम्पनी बनेको छ ।

यो सेवाको पहिलो उद्देश्य कुवेती जनतालाई नेपालमा पर्यटनका लागि प्रोत्साहन गर्नु र दोस्रो उद्देश्य नेपालबाट कुवेतमा कामका लागि जाने जनतालाई समस्या रहित सुलभ सेवा किफायती मुल्यमा उपलब्ध गराउने रहेको छ । एयरलायन्सले आफ्नो सेवाको सुरुवाती कुवेत सम्मको दैनिक उडानका लागि मूल्य रु. २३००० निर्धारण गरेको छ ।

तीन ए–३२० विमान सहितको वतानिया एयरवेज्ले विश्वभरका ११ गन्तव्य सम्मका लागि उडान सेवा उपलब्ध गरिरहेको छ । साथै, कम्पनीको काठमाडौंबाट दोहा, बहराइन, बाकु र अन्य विभिन्न स्थानकालागि सहज सञ्जाल विस्तार गरिएको छ ।

“नयाँ उडान सेवाको आगमनले नेपालको पर्यटन क्षेत्र तथा नेपालीलाई उल्लेख्य सहयोग प्राप्त हुनेछ’, वतानिया एयरवेज, काठमाडौंका लागि स्टेशन म्यानेजर रुपेश झाले भने,‘यसले नेपालीलाई कुवेतमा कामको थप अवसर समेत प्राप्तहुने हामीलाई विश्वास छ ।”