राजनीति

सुनसरी ३ मा काँग्रेस बिजय गच्छदारको सानदार जित, प्रदेश (ख) मा चौधरी

इनरुवा । सुनसरी क्षेत्र नम्बर ३ को प्रनिधिसभामा काँग्रेस उमेर्द्वार विजय गच्छदार विजयी भएका छन् । एमालेकी उमेरद्वार भगवती चौधरीलाई हराउदै उपप्रधानमन्त्री समेत रहेका गच्छदार विजयी ३८ हजार ९७२ मत ल्याएर भएका हुन् ।

निकटतम् प्रतिश्पर्धामा रहेकी एमालेकी उमेर्द्वार भगवती चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरेकी छन् । काँग्रेस नेता गच्छदार यस विजय सहित छैटौँपटक जनताका प्रतिनिधिमा विजय भएक छन् । ०४८ सालपछि सधैं निर्बाचित हुने भागयमानी नेता विजय गच्छदार भएका छन ।

सुनसरी क्षेत्र नं ३ (ख) बाट प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका अगमलाल चौधरी विजयी भएका छन् ।

आज बिहान सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार नेकपा (एमाले)का रामदेव यादवलाई तीन हजार ८६१ मतले पराजित गर्दै चौधरी विजयी भएका छन् ।

चौधरीले २१ हजार ४२९ मत प्राप्त गरेको छ भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले १७ हजार ५६८ मत प्राप्त गरेका छन् ।