पु.समाचार

सुनसरी—३ मा गच्छदार अगाडि, जित निश्चित

इनरुवा । सुनसरी क्षेत्र नं ३ को मतगणनामा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विजयकुमार गच्छदार अगाडि भएका हुन् ।

मतगणना शुरु भएदेखि पछाडि रहँदै आउनुभएका गच्छदार आज अगाडि देखिएका हुन् । एकाबिहानैको परिणाम अनुसार सार्वजनिक भएको पछिल्लो मत परिणामअनुसार गच्छदार ५१९ मतले अगाडि देखिएका छन्।

पछिल्लो मत परिणामअनुसार काँग्रेसका उम्मेदवार गच्छदारले ३६ हजार ८० मत प्राप्त गरेका छन् छ भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार भगवती चौधरीले ३५ हजार ५६१ मत प्राप्त गरेका छन् ।

सो क्षेत्रमा ८५ हजार १९७ मत खसेकोमा ७८ हजार ३९१ मत गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुनसरीले जनाएको छ । अब त्यो क्षेत्रमा जम्मा छ हजार ८०६ मत गणना गर्न बाँकी रहेको छ ।