सूचना प्रविधि

आइएमई र मुथुतफाइनान्सवीच रेमिटेन्स सम्झौता

काठमाण्डौ । आइएमई र इण्डिया स्थित मुथुत फाइनान्सवीच रेमिटेन्स सम्झौ ताभएको छ । मुथुत फाइनान्सका तर्फबाट प्रमुख महाप्रवन्धक आर. के. बिजिमोन र आइएमईका तर्फबाट प्रमुख संचालन अधिकृत खिलेन्द्र पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । गत आइतवार पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपालउद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, आइएमईका प्रमुखकार्यकारी अधिकृत सुमन पोखरेल, मुथुत फाइनान्स इण्डो–नेपाल रेमिटेन्स प्रमुख अनिल कार्की र दुवै संस्थाका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।
सम्झौता अनुसार भारतमा रहेका नेपाली नागरिकले मुथुत फाइनान्सका ४ हजार ६ सय शाखाबाट नेपाल पैसा पठाउन सक्नुहुनेछ । यसरी पठाएको रकम नेपालमा रहेका ७ हजार १ सय भन्दाबढी आइएमई एजेन्ट आउटलेटबाट सजिलै भुक्तानी लिन सकिनेछ। नगदभुक्तानी सेवाका अतिरिक्त खातामा जम्मागर्ने सुविधा पनि प्राप्तगर्न सकिनेछ । नेपालस्थित ग्लोबल आइएमई बैंक र भारतस्थित आरबीएल बैंकयो सेवाकालागि बैंकिंग साझेदार संस्था हुनेछन ्।
कार्यक्रममा संक्षिप्त मन्तब्यदिँदै आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘आइएमई र मुथुत फाइनान्सको सहकार्यपछि भारतमा रहँदै आउनुभएका लाखौँ नेपालीहरुलाई सहजै नेपाल पैसा पठाउने ढोका खुल्लाभएको बताए ।

सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै मुथुत फाइनान्सका प्रमुख महाप्रवन्धक बिजिमोनले नेपालको पहिलो र ठुलो रेमिटेन्स कम्पनी आइएमईसंगको सम्झौतापछि भारतमा रहेका करिब ५० लाख नेपालीहरुले आर्जन गरेको धन नेपालमा रहेका तिनका आफन्तलाई भुक्तान गर्न सहज हुने विश्वास व्यक्तरे ।