विचित्र संसार

यौन सन्तुष्टिका लागी माहिलालाई यस्तो लिंग आवश्यक छ !

हरेक मानिसमा लिङ्गको आकार फरक फरक हुन्छ । लिङ्गको लम्बाईको कारणले यौन साथीलाई सन्तुष्टि दिन नसक्नु भन्नु केवल एक मानसिक धारणा वा भ्रममात्र हो ।

किनकि महिलाको योनीलाई तीन भागमा बाँड्दा अगाडिको एक भागमा मात्र ज्ञानेन्द्रिय स्नायु रहेको हुन्छ जसले महिलालाई यौन आनन्द महसुस गराउँदछ र त्यसै भागमा लिङ्गको घर्षण धेरै हुन्छ ।

त्यसैले छोटोभन्दा छोटो (२ इन्च वा सो भन्दा माथिको) उत्तेजित लिङ्गले पनि त्यसै भागमा घर्षण भई महिलालाई यौन आनन्द दिन सक्छ ।

अर्को कुरा लिङ्गको लम्बाइ योनीको लम्बाइभन्दा धेरै भयो भनेपनि यौन सम्पर्कमा केही फरक पार्दैन किनकि योनीको लम्बाइ भन्दा लिङ्गको लम्बाइ जतिसुकै धेरै छ भनेपनि त्यो धेरै भएको भाग योनी मार्ग हुँदै पाठेघरको मुखको पछाडिपट्टि रहेको खाली ठाउँ जसलाई पच अफ डग्लस भनिन्छ, त्यहाँ छिर्दछ ।

त्यसैले सामान्यतया यौन सम्पर्कमा लिङ्गको लम्बाइले केही असर गर्दैन ।

यौन सम्पर्कका बेला छिटो वीर्य स्खलनले भने यौन आनन्दमा समस्या सिर्जना गर्छ । पुरुषहरूमा यौन सम्पर्कको एक मिनेट वा सो भन्दा अघि नै वीर्य स्खलन भएमा त्यसलाई शीघ्र स्खलन मानिन्छ ।

शीघ्र स्खलन विभिन्न कारणले गर्दा हुन सक्छ । प्रायःजसो चिनी रोग, मृगौला सम्बन्धी रोग लागेका लामो समयदेखि विभिन्न औषधी सेवन गरिराखेका र अन्य दीर्घकालीन रोग लागेका मानिसमा शीघ्र स्खलन हुने पाईएको छ ।

तर यस्तो कारण बाहेक शीघ्र स्खलनको मानसिक कारणहरू हुनसक्दछन् जस्तै प्रथम पटकको यौन सम्पर्क, धेरै समयको अन्तरालमा भएको यौन सम्पर्क, नयाँ साथीसँगको यौन सम्पर्क, तनावपूर्ण वातावरणमा भएको यौन सम्पर्क (जस्तैःअनुपयुक्त स्थान, समय) डर, लाजको वातावरणमा भएको यौन सम्पर्क आदि ।

यीनै कारणले गर्दा लिङ्ग उत्तेजना नहुने समस्या पनि हुनसक्छ । त्यसैले किशोरावस्थामा हुने शीघ्र स्खलन र लिङ्ग उत्तेजना नहुने समस्याबाट बच्न उपयुक्त वातावरणमा, तनाव मुक्त अवस्थामा, दुवै साथीको सहमतिमा यौन सम्पर्क राख्नु पर्दछ ।

यसको अलावा रक्सी, चुरोट, खैनी, गाँजा जस्ता अन्य सुर्तीजन्य पदार्थको प्रयोग नगरेमा यो समस्या हट्नसक्छ । यदि यस पछि पनि यस्तो समस्या रह्यो भने चिकित्सकको सल्लाहअनुसार औषधी उपचार गर्न सकिन्छ ।

डा.खेम कार्की
एजेन्सी