अन्तर्राष्ट्रिय

प्यालेष्टिनी हमासद्वारा निर्माण गरिएको सुरुङमार्ग ध्वस्त : इजरायली सेना

जेरुसेलम । इजरायली रक्षा बल (आइडिएफ) ले हमास समूहद्वारा मध्य गाजा क्षेत्रबाट इजरायल पुग्ने गरी निर्माण गरिएको सुरुङमार्गलाई ध्वस्त गरेको आइतबार जनाएको छ ।

“निकै लामो रहेको सुरुङको पत्ता लगाउन र ध्वस्त गर्न आइडिएफले विकास गरेको अत्याधुनिक पद्धतिको प्रयोग गरिएको थियो,” आइडिएफका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल जोनाथन कनरिकसले बताए ।

सेनाले उक्त घटनामा हमास जिम्मेवार रहेको थाहा भएपनि यसलाई ‘सेनाले विशेष चर्चा गर्न नचाहेको’ बताएको छ ।

दक्षिण इजरायलको सीमानासँग नजिक रहेको गाजा क्षेत्रमा हमास लडाकू समूहको नियन्त्रण रहेको छ । हमासले इजरायलको अस्थित्वलाई नै स्वीकार गर्दैन । हमास र इजरायल पटक पटक युद्ध लडेका थिए र पछिल्लो युद्ध सन् २०१४ मा भएको थियो ।
सन् २०१४ मा एक सुरुङको पत्ता लागेपछि शुरु भएको युद्धपछि इजरायलले यस्ता

सुरुङको पत्ता लगाउने नयाँ अत्याधुनिक प्रविधिको विकास शुरु गरेको दावी गरेको छ ।