पु.समाचार

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा खड्का विजयी

उदयपुर । उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाको सदस्यका लागि नेपाली काँग्रेसका उम्मेदवार डा नारायण खड्काले ३३ हजार १४२ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका मञ्जुकुमारी चौधरीले ३२ हजार ५९४ मत प्राप्त गर्नुभएको कुरा मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।
काँग्रेसका डा खड्काले मञ्जुकुमारीलाई ५४८ मतको अन्तरमा पराजित गरेका हुन्।

डा. खड्काले २०६४ सालदेखि हालसम्म निरन्तर तीन पटक उदयपुरको क्षेत्र नं १ बाट विजय हासिल गर्दै यो पटक हाट्रिक नै गरेका छन् ।

अहिलेसम्मको मत परिणाम हेर्दा क्षेत्र नं २ मा वाम गठबन्धनको कब्जामा गएको छ भने क्षेत्र नं १ मा प्रदेशसभा ९ख० २ र प्रतिनिधिसभामा काँग्रेसले विजय हासिल गरेको छ भने क्षेत्र नं १ कै क १ प्रदेशसभामा वाम गठबन्धनको विजय भएको छ ।