राजनीति

सुनसरी-३ मा गच्छदारले घटाए मतान्तर, निरास काँग्रेस कार्यकर्ता भए उत्साही

इटहरी । सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसबाट प्रतिनिधि सभातर्फ उमेर्द्वारी दिएका बिजय कुमार गच्छदार मतगणनाको मतान्तर घटाएका छन् । गच्छदारले २० हजार ६९९ मत ल्याएर एमालेबाट उमेर्द्वार बनेकी भगवती चौधरीलाइ भेट्न लागेका छन् ।
बाम गठबन्धनकी उमेर्द्वार चौधरीको मत २१ हजार ६४९ छ । अझै झण्डै ३९ हजार मत गन्न बाँकी हुंदा गच्छदारका शुभचिन्तक तथा काँग्रेस कार्यकर्ताहरु उत्शाहीत देखिएका छन् । बिहान मतगणना हुंदा ती हजार भन्दा बढी मतान्तर हुंदा गच्छदारले हारे भनेर सामाजिक सञ्जाल लगायतमा टिकाटिप्पणी भएको थियो ।
क्षे नम्बर २ मा सिताराम मेहता र क्षेत्र नम्बर ४ मा ज्ञानेन्द्र बाहादुर कार्की बिजय हुने निश्चित भईसकेको अवस्थामा उपप्रधानमन्त्री समेत रहेका गच्छेदारको विजय भएमा सुनसरीमा काँग्रेसले ३ स्थान बिजय हाँशिल गर्ने निश्चित देखिएको छ । सुनसरीमा जम्मा ४ क्षेत्र रहेका छन् ।