राजनीति

माहासचिब पोख्रेलले १० हजार मतान्तरले डा. महतलाई हराए

काठमाण्डौ । काठमाण्डौ क्षेत्र नम्बर ५ मा एमाले माहासचिब इश्वर पोख्रेल २३ हजार २९ मत प्राप्त गरि विजयी भएका छन् । पोख्रेलले काँग्रेस केन्द्रीय सदस्य डा. प्रकाश सरण महतलाई पराजित गरेका हुन् ।
डा. महतले १३ हजार १६९ मत प्राप्त गरेर पराजित भए । ०६४ र ०६९ सालको संबिधान सभा निर्बाचनमा एमाले माहासचिब ईश्वर पोख्रेललाई काँग्रेसका नेता नरहरी आचार्यले पराजित गरेका थिए । काँग्रेस नेता आचार्य बिरामी भएका कारण हाल अमेरिकामा छन् ।
माहासचिब पोख्रेल दुईपटक सम्म हारेपनि आफ्नो क्षेत्रमा जनताकबो सेवामा लागीरहेका कारण विजय हाँशिल गरेको स्थानीयको भनाईछ ।