पु.समाचार

महोत्तरीको मतपरिणाम सार्वजनिक, महन्थ ठाकुरको अग्रता कायमै

महोत्तरी । महोतरीमा पनि अहिले मतगणना जारी रहेको छ । उक्त जिल्लाको क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा मतपरिणाम सार्वजनिक भएको छ ।  पछिल्लो मत परिणामअनुसार सो क्षेत्रमा राष्ट्रिय जनता पार्टीका उम्मेद्वार महन्थ ठाकुरले १४ हजार ५ सय २८ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्धन्द्धी एमालेका जियकुमार चौधरीले ४ हजार ३ सय १ मत प्राप्त गरेका छन् ।  त्यस्तै स्वतन्त्र उम्मेद्वार चन्देश्वर झाले १९ सय ७१ मत प्राप्त गरेका छन् ।