पु.समाचार

सुनसरी–४ मा अर्थमन्त्री कार्की विजयी, प्रदेश ‘क’मा दुलाल पराजित

ईटहरी । सुनसरीक्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका ज्ञानेन्द्र बाहादुर कार्की बिजयी उन्मुख भएका छन् । नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभामा बिजयी उन्मुख भएका काँग्रेस केन्द्रीय सदस्य कार्कीले २०१२१ मत प्रप्त गरेका छन् भने बाम गठबन्धनबाट एमालेका उमेर्द्वार रमेश श्रेष्ठले १६०२४ मत प्राप्त गरेका छन् ।
कार्कीले अबको जिन्दगी सुनसरीलाई नै दिने बताएका छन् ।
प्रदेश क मा एमलेका जगदिश कुशीयतले १६६९० मत ल्याएर विजय भए भने काँग्रेसका रेवती रमण दुलाल १५२८२ मत ल्याएर पराजित भएका छन् । एमालेको गढ मानिने उक्त प्रदेशमा उपेन्द्र यादबको संघीय समाजबादीसंग तालमेल गरेर काँग्रेसले बाम तालमेललाई चुनौती दिएको थियो तर त्यो तालमेल प्रतिनिधिसभामा मात्र रहेकोले प्रदेशमा काँग्रेसले हारेको बताइएको छ । दुलालले कुशीयतसंग १४०८ मतको अन्तरले पराजय भोगेका छन् । सुर्यखबरले सम्पर्क गर्न खोज्दा उमेर्द्वारको मोवाईल स्विच अफ छ भने कुशियतको मोवाईल उठेन । जगदिश कुशीयत यसअघि पनि एमालेबाट उक्त क्षेत्रमा विजय भएका थिए ।