राजनीति

केशव स्थापित काठमाण्डौबाट निर्वाचित

काठमाण्डौ । एमाले नेता केशव स्थापित काठमाण्डौबाट प्रदेशसभामा निर्वाचित भएका छन् । स्थापितले कांग्रेसका उम्मेद्वार न्हुच्छेमान मानन्धरलाई हराउँदै विजयी भएका हुन् ।

स्थापित ८ हजार २२ मतसहित विजयी भएका हुन् भने मानन्धरले ५ हजार १ सय ४९ मत प्राप्त गरेका छन् । स्थापित काठमाण्डौ महानगरपालिकाका पूर्व मेयर समेत हुन् ।