पु.समाचार

गोरखा–२ मा बाबुरामले नारायणकाजीलाई हराए

गोरखा । गोरखा क्षेत्र नम्बर २ बाट बाबुराम भट्टराई विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेद्वार नारायणकाजी श्रेष्ठलाई पराजित गर्दै नेता भट्टराई विजयी भएका हुन् ।

नयाँ शक्ति पार्टीका संयोजक समेत रहेका भट्टराईले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई ६ हजार ८७४ मतान्तरले पराजित गरे ।
भट्टराईले ३१ हजार ८०७ र श्रेष्ठले २४ हजार ९३३ मत पाएका छन् ।

प्रतिनिधिसभा सदस्यमा नयाँशक्ति नेपालको यो पहिलो जित हो । गोरखा क्षेत्रनम्बर २ को प्रदेश ‘क’मा नयाँ शक्तिका हरिशरण आचार्य र प्रदेशतर्फ २ ‘ख’मा नेपाली काग्रेसका प्रकाशचन्द्र दवाडी बिजयी भएका छन् ।